शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) कार्तिक १४ गतेसम्म विवरणअद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक गरेको छ ।
केन्द्रले गत असार ९ गते साउन १५ गते र साउन २५ मा अर्को सूचना मार्फत छुट भएका विद्यालयलाई विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो ।
साथै विगतका शैक्षिक सत्रमा एमआईए कोड प्राप्त गरेका तर यस शैक्षिक सत्र २०७९ अद्यावधिक नगरेका विद्यालयहरुको विवरण समेत सार्वजनिक गरेको छ ।
साथै विवरणमा कुनै विद्यालय छुट्न गएमा कार्तिक मसान्त भित्र अद्यावधिक गराउन पुनः अनुरोध छ । विगतमा एमआइएस कोड प्राप्त गरेका र यस शैक्षिक सत्रमा विवरण नपाएका नगरेका विद्यालयको अभिलेख कमशः एम आइएसबाट हटाउने तथा उक्त विद्यालयहरू अस्तित्वमा नरहेको भन्ने व्यहोराको सूचना स्थानीय तह मार्फत प्रकाशन गरिने केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।