After SEE Portal

सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गरिने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्ने भएको छ।

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क संकलन शुरु गरिसकेको छ । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सञ्चालनका लागि तथ्याङ्क संकलनपछि आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता मन्त्रालयले प्रकासन गरेको सूचनामा उल्लेख गरेको छ ।

अहिले मुलुकभर करीब एक हजार सामुदायिक पुस्तकालय रहेका छन्। पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौतीका साथ मन्त्रालयले तथ्याङ्क संकलन शुरु गरेको हो ।

मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भरेर आगामी १५ पुसभित्र उपलब्ध गराउन सूचना प्रकाशन गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books