After SEE Portal

बालविकास सहजकर्तालाई प्रावि तृतीय श्रेणीका शिक्षक सरह तलब सुविधा दिन माग

Bridge Course

नयाँ मन्त्री फेरिएसैगै मन्त्री भेट्ने नेपाल शिक्षक महासघंको श्रृखला पुनः दोहोरिएको छ । महासंघको टोलिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  अशोककुमार राईसंग भेटगरी आफ्ना ८ बुदेँ ध्यानाकर्षणपत्र बुझाएको छ ।

 नयाँ राष्ट्रिय शिक्षा ऐन, बालविकास सहजकर्तालाई प्राथमिक तह तृतीय श्रेणीका शिक्षक सरह सेवा सुविधा, शिक्षक कर्मचारीलाई मासिक तलब प्रदान गर्नु पर्ने लगायतका माग राखेका छन् ।

प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम तहका स्थायी शिक्षकको अन्तिम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारी कर्मचारीसँग एकरुपता गर्न र शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियमअनुसार शिक्षकहरुलाई प्राविधिक ग्रेड उपलब्ध गराउन माग गरेको छ ।

A Levels MA