After SEE Portal

उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको माग

Bridge Course

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् ।

काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित शिक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने चेतावनी दिएका छन् ।

नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति काठमाडौँ, नेपाल शिक्षक सङ्घ काठमाडौँ महानगर कार्यसमिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काठमाडौँ महानगर कार्यसमितिले पारिश्रमिक वृद्धिको माग राखेका हुन् ।

शनिबार उनीहरुले हस्ताक्षरसमेत सङ्कलन गरेका छन् । नेशिसङ्घ काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष नारायणप्रसाद गौतमले पारिश्रमिक न्यून भएकोले वृद्धिको माग गरिएको बताउँदै मागपत्र तथा हस्ताक्षरलाई सोमबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा र परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीसमक्ष प्रस्तुत गरिने बताए ।

२०७४ सालमा शिक्षकले आन्दोलन गरी प्रतिउत्तरपुस्तिका परीक्षण वापत २० रुपियाँबाट २५ रुपियाँ पु¥याउन सफल भएका थिए । त्यसअघि एक प्रतिशत कर लाग्ने गरेकोमा पारिश्रमिक वृद्धि भएपछि १५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । “कर कट्टा गर्दा प्रतिउत्तरपुस्तिका २१ रुपियाँ हात पर्छ । उत्तरपुस्तिका परीक्षणवापतको पारिश्रमिक ज्यादै न्यून भएकाले वृद्धिको माग गरेका हौँ” उनले भने ।

कक्षा ११ र १२ मा प्रतिउत्तरपुस्तिका परीक्षणवापत ४० रुपियाँ उपलब्ध गराउने गरिएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले देशका ५६ स्थानमा उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण कार्य गराउँदै आएको छ । २०७८ सालको एसईईको नतिजा आगामी असार मसान्तसम्म सार्वजनिक गर्ने योजना पनिकाको छ ।

 

A Levels MA
Thuprai - Books and E-books