Bachelors Portal

विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण माग

Managed Admission 2022

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकाले हिजो (असार ३) गते आइतबार विद्यालय बन्द गरेकामा सबै सामुदायिक विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आज (सोमबार) विद्यालयहरूलाई स्पष्टीकरण सोधका हुन् ।

विद्यालय कर्मचारीका संस्थाहरूको आह्वानमा आइतबारदेखि विद्यालय बन्दको घोषणा गरिएको थियो । तर अपरान्ह आन्दोलन स्थगन गरिएको थियो । वार्ताबाट समस्या समाधान गर्ने भन्दै आन्दोलन स्थगनको घोषणा गरिएको थियो ।

गाउँपालिकाले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकाले कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द–हड्ताल र पठनपाठन अवरोध गर्ने जस्ता क्रियाकलाप गर्न नमिल्ने व्यवस्था रहेको भन्दै केकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । स्पष्टीकरण गाउँपालिकाको शिक्षा शाखामा पेस गर्नुपर्ने छ । स्पष्टीकरणको बोधार्थ शिक्षक महासङ्घ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई दिइएको छ ।

Select college / campus