सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको हो ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक पारित गरेर संसदमा पठाउने स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐनलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । सरकारकी प्रवक्ता समेत रहेकी उनले भनिन्,‘मन्त्रिपरिषद् बैठकबाट शिक्षा विधेयक स्वीकृति भएको छ । अब संसदमा दर्ता हुन्छ ।’