After SEE Portal

भूकम्पपछि दरबार हाईस्कुलमा ७१ बाट ५९१ जना विद्यार्थी पुगे

Bridge Course

२०७२ सालमा भूकम्प जानु अघि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा जम्मा ७१ जना मात्र विद्यार्थी थिए । वैशाखमा भूकम्प गयो । संस्कृत र नेपाली विषयमा पठनपाठन हुने विद्यालयको भौतिक संरचना पूर्णरुपमा ध्वस्त भयो ।

चीन सरकारको पूर्ण सहयोगमा रु रु ८५ करोड ५९ लाखको लागतमा नौ रोपनी जमीनमा चार तले ४० कक्षाकोठा भएको विद्यालय भवन निर्माण गरियो । आधुनिक भवन निर्माणसंगै सो विद्यालयमा अहिले विद्यार्थीको आकर्षण बढ्न थालेको छ । अहिले सो विद्यालयमा ५९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

शैक्षिक सत्र सुरु भएको सात महिना बित्न लाग्दा समेत सो विद्यालयमा भर्ना हुन आउने क्रम् रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन ।

भूकम्पकले पूर्णरुपमा क्षति भएको यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम बढेको हो ।

विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर (सेक्सन बनाएर०) सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताइन् ।

 सो विद्यालयमा ३० शिक्षक कार्यरत छन् । कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा विद्यालयले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छ ।

अहिले सबै कक्षा भरिभराउ छ । तर विद्यार्थी भर्ना हुन आउने क्रम् भने रोकिएको छैन । तत्काल नयाँ विद्यार्थी भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकले अहिले देखि नै विद्यालयलाई अनुरोध गर्ने गरेका छन् ।

‘नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन’ प्रधानाध्यापक पौडेलले भनिन्, ‘ आगामी आर्थिक वर्षका लागि अहिले देखि नै सिट सुरक्षित गरिदिन आग्रह गदै अभिभावक आउनुहुन्छ ।’

यो विद्यालयमा सुरुमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । त्यसपछि सामुदायिक विद्यालयमा अभिभावकको भरोसा टुटेपछि श्रमिकका छोराछोरी मात्र पढ्ने गर्थे । भने अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी पनि पढ्न आउने गरेको विद्यालयले जानकारी दियो ।

हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको काठमाडौं महानगरपालिका शिक्षा विभागले जानकारी दियो ।

विद्यालयमा अहिले सहयोगी कर्मचारीको अभाव छ । विद्यालय भवन ठुलो हुँदा एक जनाले मात्र काम गरे नभ्याउने विद्यालयको गुनासो छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा विषय शिक्षकको अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताइन् ।

निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ विद्यालयले छलफल अघि बढाएको छ ।

नमुना विद्यालय दरबार हाई स्कुल

हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् ।

ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले विभागले आवश्यकताअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रमुख सुवेदीले भने, ‘नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।’

 गाभिने सम्भावना छैन

भानु र संस्कृति मावि आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको छ । उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

मुख्यतः विद्यार्थी सङ्ख्या कम भएकै कारण भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाई स्कुल) बनाउन गरिएको तयारी तत्कालका लागि टरेको छ ।

यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थी सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी एकापसमा गाभ्न लागिएको थियो ।

दुई विद्यालयलाई एकापसमा गाभी एउटै बनाउँदा दुवैको छुट्टाछुट्टै अस्तित्व नरहने हुँदा फरक फरक तरिकाबाट नै व्यवस्थापनको काम गर्न लागिएको हो ।

एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी व्यवस्था छ ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन यो विद्यालय खोलिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरिएको थियो । राजा–माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायती शिक्षकले पढाउने गर्थे ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए।विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books