After SEE Portal

प्रकृतिको खलनायक  COVID-19

Bridge Course

प्रकृतिको नायक मानिसको उदण्डतालाई डगाउन अनि आफ्नो अस्तित्वलाई दिगो बनाउनको लागि प्रकृतिले जन्माएको खलनायक हो  COVID-19 १ भनिन्छ, महाभारतको युद्ध अठार दिनसम्म चलेको थियो तर थाहा छैन मानिस र  COVID-19 को युद्ध कहिले सम्म चल्ने हो अनि कहाँ सम्म पुगेर अन्त्य हुने हो र विजयी को हुने होरु

हिमालको काखमा हिउँको सौन्दर्ययलाई जिस्काउँदै,कहिले मैदान कहिले टाकुरामा तल माथि गर्दै प्रकृतिको काखमा रमाई रहन्थ्यौँ प्रकृतिको मालिक,नायक हामी ९मानिस० आफ्नो नायकको सामिप्यता, स्पर्श पाउँदा आनन्दले प्रफुल्ल थिईन प्रकृति।

कहिले गुराँस बनेर ढकमक्क फुल्थिईन त कहिले सुनझैँ सुनौलो बनेर आफ्नो नायकलाई मोहित बनाउँथिईन। उनको सौन्दर्यले मात लगाईदिन्थ्यो प्रकृतिको नायकलाई त्यसैले आफ्ना उन्मातहरु कहिले नाँचेर,कहिले मुस्कुराएर व्यक्त गर्दथ्यौँ। प्रकृतिले बुझ्ने सांकेतिक छन्दमा।

प्रकृति अति शालिन, सुमधुर अनि आफ्नो नायकको खुसीकोको लागि आफ्नो अवतारलाई आफ्नै नायकको अनुकूल भै परिवर्तन भैरहन्थिन। सदियौँ देखि मानव जातिलाई आफ्नो नायकमात्रै होइन महानायक,रक्षक बनाएर त्यसैमा प्रशन्न थिइन प्रकृति। हामीलाई कहिले घाम प्यारो,कहिले पानी,कहिले मधु बनी, कहिले न्यानो ताप बनी हाम्रो अनुकुल बनिदिन्थिईन उनी। आफ्नो समर्पणमा उनलाई विश्वास थियो कि मानव जातिले उनको त्यागको कदर गर्छ भन्ने तर समय बित्दै जान्छ हाम्रा आवश्यकताहरु थपिदै जान्छन, हरेक आवश्यकताहरु प्रकृतिको सहाराले पूरा गर्दै गयौं न कि उनले हाम्रो आवश्यकता पुर्ति गर्न सक्छिन कि सक्दिनन् भनी एकपटक सोच्ने कष्ट गर्‍यौँ ।

आदिम युगमा फिरन्ते भएर आफ्नो जीवनयापन गर्थो । त्यति बेला हाम्रो साथ पाएर प्रकृति निकै खुशी थिइन् । तत्कालीन समयम न त हाम्रो कुनै भाषा थियो न त कुनै पद्धति थियो तर पनि मानिसले प्रकृतिको भाषा बुझ्दथ्यो अनि प्रकृतिको शैली मानव जातिले बुझ्न सक्थ्यो। त्यसैअनुरूप हाम्रो आवश्यकतालाई बुझेर पानी र घाम सही समयमा धर्र्तीमा आउने र जाने गर्थे । तर अहिले घाम लाग्ने र पानी पर्ने समयको कुनै ठेगान छैन । फिरन्ते भएर जीवनयापन गर्दा कहिले हामी प्रकृतिको काखमा मिठो निदरिमा,मिठा सपनाहरु देख्थ्यौँ ,कहिले ताली लगाएर नाच्थ्यौँ। उनैको सेरोफेरोलाई आफ्नो लाज ढाक्ने बस्त्र बनाउथ्यौँ। हाम्रो पेट भर्नका लागि उनी कन्दमुल बनेर रहन्थिन, हाम्रो जिन्दगी गुलियो बनाउनका लागि भिर पाखामा मधु बनेर रहन्थिन यस्तै यस्तै अनेकौँ अवतार लिएर हाम्रो सुरक्षा दिइरहन्थिन।

 समय बित्दै गयो हामीलाई, हाम्रा सन्तानहरुलाई प्रकृतिको काख भन्दा ढुङ्गा,माटाको घरले सुरक्षा दिन थाल्छ, अझ बढी सिमेन्ट,ईट्टा ,मार्बल सिसाले बनेका महलहरुमा आफ्नो सन्तुष्टिलाई देख्न थाल्छौँ हामी, कन्दमुल,धान मकै कोदो भन्दा यस्ता अमृत समानका खाद्यान्नको अस्तित्वलाई मेटाई आधुनिक प्रविधिको संज्ञा दिइएका मिसावट भएका खानाहरु मन पर्न थाल्छ। कन्चन छ्हराको पानी भन्दा बोतलमा राखिएका मिनिरल वाटर मन पर्न थाल्दछ । प्रकृतिको काखमा रमाउन नसकी आफ्नै जमात बनायौँ।हामीले जमातलाई पनि वर्गीय आधारमा विभाजन गर्यौँ। धर्तीलाई अंशबन्ड गरेर नामाकरण गर्यौँ कोहि अमेरिका कोही चीन कोही भारत यस्तै यस्तै,जो जहाँ भए पनि आखिर हामी यही प्रकृतिका सन्तान थियौं । प्रकृतिको सर्वश्रेष्ठ हुँ भनी दम्भ देखाएर पलपल आफ्नो महानायकलाई खुसी बनाउन आफ्नो मुटुलाई छियाछिया पारेर मुस्कुराउने प्रकृतिलाई वेवास्था गर्न थाल्यौँ हामी मानवले । समयलाई पनि आधुनिक, उत्तरआधुनिक जस्ता उपाधी दियौं सोही अनुरुप आविष्कार गर्दै गयौँ।

ढुङ्गा माटाको ठाउँमा सिमेन्ट ,इट्टा,मार्बल,सिसा प्रयोग गरी आफ्ना महलहरु धर्तीको काखमा उभ्याउँदछौँ । ठुला ठुला कलकारखानाहरु,उद्योगहरु सन्चालन गर्यौ,सडक विस्तार गर्यौ, धर्तीको काखमा आधुनिक मेसिनको प्रयोग गरी धर्तीलाई छिद्र(छिद्र पार्यौँ, अझ बढी ठुला(ठुला आणविक हतियारहरु निर्माण गरेर यही प्रकृतिको शिरमा परीक्षण गरेका छौं मानिसका यस्ता प्रवृत्तिहरुले प्रकृति हजारौं पटक रोएकी छन । प्रकृतिलाई हामीले बिर्सेर आफ्नो ईच्छाअनुरुप काम गरेका छौं मौसम अनुसारको उब्जने फलफूल ,तरकारीहरुलाई बेमौसमी बनाएर आफ्नो पेट भर्न थालेका छौं।

हामीले प्रकृतिको अस्तित्वलाई मेटाएर उनकै हातबाट उब्जिएको खाद्यवस्तुलाई आधुनिक खाद्य प्रविधि प्रयोग गरी मिसावट गरिएका भोजनको ग्रहण गरेका छौं अनि हाम्रो स्वास्थमा प्रतिकुल असर परिरहेको छ । हाम्रो रोगसङ्ग लड्ने क्षमतामा पनि कमजोरी देखापर्न थाल्दछ । औषधि विज्ञानको नाममा यही प्रकृतिको जडिबुटी प्रयोग गरी नानाथरी औषधि निर्माण गरेका छौँ अनि प्रयोग यही प्रकृतिका गौण पात्रहरुमा गर्दछौं । हामीले शरीर ढाक्ने बस्त्रलाई छोट्याउन थालेका छौं, हाम्रो वरिपरि हानिकारक ग्याँसहरु होली खेलिरहेका छन । हामीले आफ्ना हरेक आवश्यकताहरु प्रकृतिबाट नै पुर्ति गरेका छौं । जतिसुकै उच्च ओहोदाको व्यक्ति ,अनि राष्ट्रले पनि प्रकृति भन्दा बाहिर र माथी भएर कुनै आविष्कार गर्न सकेको छैन।

हामीले हाम्रो खुसीको लागि प्रकृतिको हरेक कुरालाई प्रयोग गरेका छौं । प्रकृतिले हामीलाई अपार माया दिएकि छिन । उनको यो त्याग, समर्पणको बदलामा हामीले उनलाई तिरस्कार गर्दै चोट लाग्ने, छियाछिया हुने कार्यका अलवा अरु केही गरेका छैनौं । भनिन्छ संसारमा जसले मनैदेखि असीमित माया गरेको हुन्छ, माया गरिएको वस्तुले आफैंलाई डस्छ भने त्यही कोमल मन सबैभन्दा कडा पत्थर बनिदिन्छ। उसलाई कुनै चोटले पनि दुखाउन,अत्त्याउन अनि पिरोल्न सक्दैन।

यो लेख तयार पार्ने समयसम्म यो खतरनाक खलनायक कोभिड (१९ विश्वका २१२ देशहरुमा फैलिईसकेको छ। विश्वमा ४१ लाखभन्दा बढी संक्रमित र २ लाख ८७ हजार भन्दा बढीको मत्यु भएको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि १३४ जना व्यक्ति संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हरेक क्षेत्र अस्तव्यस्त छन्। परीक्षा दिन लागेका विद्यार्थीहरु परिक्षावाट वन्चित छन्। अन्य विद्यार्थी अध्ययनवाट वन्चित छन्। कक्षा १-१२ सम्म लगभग ७० लाख विद्यार्थी अहिले घरमै बस्नुपरेको छ। अर्थतन्त्र चलायमान बन्न सकेको छैन। विकास निर्माणका कार्यहरु प्राय ठप्प छन्। मानिसको दैनिकी सहज वन्न सकेको छैन। यसरी यो रोगले समग्रमा विश्वलाई घरभित्र बन्द कोठामा थुनेर राखेको छ।

रामायणको एक अंश गीतामा लेखिएको छ,श्री कृष्ण भगवानले आफ्नै मामा कंशलाई मार्नुपरेको छ । आफूले सम्मान,श्रद्धा अनि विश्वास गरेको व्यक्तिले नै आफूलाई डस्न थाल्छ भने अनेक अवतार लिएर आफ्नो बाटोबाट हटाउन पर्दछ यसलाई नै न्याय संगत मानिन्छ। । त्यसैले प्रकृतिले हामी मानिसलाई आफ्नो महानायक बनाएर हाम्रो समृद्धिको लागि कहिले घाम,कहिले पानी,कहिले बादल,कहिले असिना ,कहिले इन्द्रेनी कहिले तुशारो कहिले हिउँ कहिले चिसो बतास,कहिले शिशिर ,कहिले बसन्त शरद अनि हेमन्त भएर फरक फरक शैलीबाट हाम्रो सेवा गरेकी छन तर हाम्रा नूतन कार्यहरुले प्रकृतिको अस्तित्वलाई जोखिम बनाउँदै गएको छ, हामीले उनलाई डस्न थालेका छौं ।

उनी मानवीय अहंकार,आविष्कार अनि जीवनशैलीबाट निराश भएकी छन,फलस्वरूप आफ्नै नायकले आफूलाई डस्न थालेपछि उसको घमण्ड डगाउनको लागि अर्को खलनायकको रूपमा जन्म दिएकि छिन  COVID-19 लाई । रामायणको युद्धमा विजयी राम भएका थिए किनकि राम शाश्वत थिए । हेरौं  COVID-19 र मानव विचको युद्धमा को विजयी हुनेछ ? यदि मानव जगत शाश्वत छ भने खलनायक  COVID-19 लाई हराएर छिटै विजयी हुनेछ अन्यथा सिङ्गो मानव जगतको अन्त्य भएर प्रकृतिको नायक पुनः  COVID-19 बन्नेछ ।

A Levels MA