कक्षा ११ को परीक्षा कार्याविधि अनुसार सञ्चालन गर्न पत्राचार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याइकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार सञ्चालन गर्न विद्यालय तथा क्याम्पसलाई पत्राचार गरेको छ ।

बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनीले आफ्नो मातहतका सबै विद्यालय तथा क्याम्पसलाई यस्तो पत्राचार गरेको हो ।

बोर्डको प्रदेश कार्यालयकाका कार्यलय प्रमुख रमाकान्त तिवारीद्वारा हस्ताक्षरित सो पत्रमा ‘कक्षा ११ का आशिक तथा ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सन्चालन गर्नु पूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयको अनुकुलतामा सामाजिक दुरी र जनस्वास्थय एवम् सुरक्षा सम्बन्धी मापदण्डहरू पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने’ भन्ने उल्लेख गरिएको छ ।

सो पत्रमा आफ्नो मातहतका सबै विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्न वर्तमान कोभिड १९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ एवम् सुरक्षा सम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गरी उल्लिखित कार्यविधिमा भएको व्यवस्था अनुसार परीक्षाको समयतालिका यस कार्यालयमा पेश गरेर मात्र कार्यविधिको परिच्छेद ४ र ७ एवम् अनुसूची ७ मा व्यवस्था भएको मापदण्ड अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

बोर्डबाट अनुगमनको कममा यदि कुनै विद्यालय तथा क्याम्पसमा कार्यविधि विपरित परीक्षा सञ्चालन भएको सो परीक्षालाई बोर्डले मान्यता नदिने उल्लेख गरिएको छ ।

 

Thuprai - Books and E-books