After SEE Portal

कोरोना भाइरस प्रभावः अधिकांश विद्यालयको आजदेखि वार्षिक परीक्षा सुरु

Bridge Course

अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले आजदेखि वार्षिक परिक्षा सञ्चालन गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको स्वास्थ्यलाई ख्याल राख्दै चैत्त ५ गतेभित्र  सबै विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरिसक्नका लागि दिएको निर्देशन अनुसार विद्यालयले आफ्नो वार्षिक  क्यालेन्डर भन्दा अगाडि नै परीक्षा  सञ्चालन गरेका  हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापि प्रकोपलाई मध्यनजर राख्दै मन्त्रालयले  चैत ५ भित्र परिक्षा सम्पन्न गरिसक्न सबै विद्यालयलाई निर्देशन दिएको थियो ।

कक्षा १ देखि ९ सम्मको परिक्षा अधिकांश विद्यालयहरुले आजदेखि सुरु गरेका छन् । त्यसलगत्तै ६ चैतदेखि १६ सम्म माध्यामिक शिक्षा परीक्षा (एसईई) हुनेछ । 

A Levels MA