After SEE Portal

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

Bridge Course

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा परियोजना प्रस्ताव आई पुगेनन् । चालु आर्थिक वर्षमा सकिनु पर्ने कार्यक्रमका लागि वैशाख ५ गतेभित्र परियोजना प्रस्ताव पेस गर्नेगरी केन्द्रले मिति थप गर्यो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित भएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेर ढिलो मात्र सञ्चालन गर्न लागेको यो  कार्यक्रम कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण प्रभावित  भएको हो ।

कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण देश लकडाउनको अवस्थामा रहेका कारण स्थानीय तहको कार्यपालिकाको निर्णयसहित विद्यालयलाई परियोजना प्रस्ताव पेस गर्न समस्या भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको मिति थप गरेको छ । चैत्र २५ गते सम्म पेस गरिसक्नु पर्नेप्रस्ताव समयमा नै आउन नसकेपछि देशकमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै समय थप गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दियो ।

केन्द्रका अनुसार यस कार्यक्रमका लागि विद्यालयले आगामी वैशाख ५ गते सम्म केन्द्रमा आइ पुग्ने गरी प्रस्ताव पठाउन  मिति थप गरेको  छ ।

सरकारले यो कार्यक्रमका लागि कूल रु. तीन अर्ब ७३ करोड बजेट  विनियोजन गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक विद्यालयले गुणस्तरवृद्धिको खाकासहित स्थानीय तहबाट सिफारिस गराई परियोजना प्रस्ताव पेस गरेका कार्ययोजनामा केन्द्रले  प्राथमिकता आधारमा छनोट गरी परियोजना सञ्चालन गर्नेछ ।

विद्यालयलाई रु. २५ लाख सम्मको परियोजना प्रस्ताव पेस गर्न पहिलो पटक चैत्र १५ गते भित्र केन्द्रमा प्रस्ताव पठाइ सक्नु पर्ने गरी सूचना जारी गरेको थियो । त्यसैगरी दोस्रो पटकको सूचनामा चैत्र २५ गते भित्र विद्यालयले आवश्यक प्रक्रिया पुरा गरी प्रस्ताव पेस गर्न सूचना जारी गरेको थियो ।

सम्बन्धित स्थानीय तहको निर्णय सहित आगामी २०७७ वैशाख ५ गतेभित्र परियोजना प्रस्ताव पेस गर्न सूचना जारी गरेको केन्द्रले जानकारी दियो ।

 तेस्रो पटक सूचना जारी गरी आगामी वैशाख पाँच गते भित्र विद्यालयको परियोजना प्रस्ताव केन्द्रमा आइपुग्ने गरी प्रस्ताव पेस गर्न विद्यालयलाई सूचना जारी गरेको छ ।

विद्यालयमा प्रयोगशाला, इन्टरनेट, पुस्तकालय छात्रा चेन्जिङ रुमलगायतका भौतिक संरचना निर्माणका लागि करिब २५ लाख रुपियाँ सम्मको परियोजना प्रस्ताव पेस गर्न माग गरेको छ ।

केन्द्रले राष्ट्रपत्ति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक तथा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्रशिक्षकहरूको व्यवस्था गर्ने भएको छ ।

यसका लागि सामुदायिक विद्यालयले केन्द्रले तयार गरेको परियोजना प्रस्ताव ढाँचा अनुकूलको परियोजना प्रस्ताव पेस गर्ने विद्यालयलाई चालु आर्थिक वर्षमा निर्माण गरिसक्नु पर्ने छ ।

A Levels MA
Thuprai - Books and E-books