After SEE Portal

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न

Bridge Course

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा स्नातक तहको बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए ।

भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षीत भएका थिए । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटी तह पुरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित गरिएको छ ।

यस वष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्ति सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रदान गर्ने  घोषणा गरिएको छ ।

त्यसैगरी आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा छनोट भएका छन् ।

आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक पार्टनरसिप प्रमुख डा. वेन्डी ब्लोइसी र सो विश्वविद्यालयका प्रोभाइस चान्सलर नोना म्याकडफल लगायतले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले विद्यार्थीको लगनशीलता र समर्पणको प्रशंसा गर्दै जीवनको नयाँ यात्रामा उर्जाका साथ लाग्नुपर्ने बताए । डा. ब्लोइसीले विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिप्रति प्रशंसा गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books