After SEE Portal

विज्ञापन नभएको जिल्लामा पनि प्रतिस्पर्धी उम्मेद्वार भेटिए

Bridge Course

शिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आवेदन माग नभएको जिल्लाबाट पनि परीक्षा दिने गरी आवेदन दिएका छन् ।

आयोगले विज्ञापन नै नगरेको काठमाडौ जिल्लाबाट पनि परीक्षा दिने गरी उम्मेद्वारले आवेदन दिएका हुन् ।

अनलाइन दरखास्त प्रणालीमा देखिएको प्राविधिक त्रुटिका कारण उक्त जिल्लामा प्रतिस्पर्धा गर्ने गरी कतिपय उम्मेदवारहरूले अनलाइन दरखास्त फाराम भरेको आयोगले जानकारी दियो ।

आयोगका अनुसार त्यस्ता उम्मेदवारहररूले काठमाडौं जिल्ला बाहेक अन्य विज्ञापित जिल्लाबाट उम्मेदवार बनी प्रतिस्पर्धा गर्न पाउने हुँदा जेड ९ गते कार्यालय समयभित्र सम्बन्धित उम्मेदवार स्वयम् उपस्थित भई प्रिन्ट गरेको प्रवेशपत्रसहित आयोगमा निवेदन दिनु पर्ने छ ।

आयोगको जेठ ३ गतेको निर्णयानुसार विज्ञापन नगरिएको जिल्लाबाट आवेदन दिने आवेदकले आयोगमा सम्पर्क नगरेमा परीक्षा दिन नपाउने निर्णय गरेको छ।

A Levels MA
Thuprai - Books and E-books