After SEE Portal

समितिद्वारा बोर्ड अध्यक्षको नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले उम्द्वारको संक्षिप्त सूची प्रकाशन गरेको छ । बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले संक्षिप्त सूची प्रकाशन गरेको हो ।

समितिले उम्मेदवारहरुको कार्यविधिको दफा ११ को खण्ड (क) र (ख) का आधारमा मूल्यांकन गरी कार्यविधिको दफा ९ बमोजिम बर्णानुक्रमको आधारमा उम्मेदवारहरुको सूची प्रकाशन गरको छ ।

समितिले प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्राडा महानन्द चालिसे, डा महाश्रम शर्मा, र प्राडा शोभाखर कंडेललाई सिफारिस गरेको जानकारी दियो । संक्षिप्त सूचिमा सूचीकृत भएका उम्मेदवारहरूको बोर्डको अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ को दफा ११ बमोजिम अवधारणापत्र र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुनु पर्नेछ ।

उम्मेद्वारले अवधारणा र कार्ययोजनाको प्रस्तुतिकरणको आगामी पुस १ गते दिनको २ बजे, लोक सेवा आयोग, केन्द्रिय कार्यालय, कमलपोखरीमा प्रस्तुत गनर्गुपर्ने छ । भने उम्मेदवारको अन्तर्वार्ता कार्यक्रम आगामी पुस दुई गते दिनको २ बजे, लोक सेवा आयोग, केन्द्रिय कार्यालय, कमलपोखरीमा सञ्चालन गरिने जानकारी दियो ।

बोर्डको अध्यक्षका लागि १५ जनाले दरखास्त दिएका छन् । सिफारिस समितिले बोर्डको अध्यक्षका लागि गत कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अध्यक्षका लागि दरखास्त दिनेमा पूर्वसचिवद्वय डा। महाश्रम शर्मा र लक्ष्मीराम पौडेल पनि छन् । यसअघि डा। शर्माले पनि आवेदन दिएका थिए र अन्तिम तीन जनामा परेका थिए । त्यो बेला प्रा।डा चन्द्रमणि पौडेल, जनार्दन नेपाल र महाश्रम शर्माको नाम सिफारिसमा परेको थियो । मन्त्रिपरिषद्ले डा पौडेललाई नियुक्त गरेको थियो ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक दयामान कर्माचार्य, परीक्षा बोर्डकै अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा रामचन्द्र पाण्डे र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा पाण्डेले पनि दरखास्त दिएको बुझिएको छ । हेटौडास्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरसिंह बैठाले पनि अध्यक्षका लागि दावी गरेका थिए ।

प्राध्यापक डा घनश्याम भट्टराई, प्राध्यापक डा महानन्द चालिसे, कृष्णप्रसाद आचार्य, बाबुराम खनाल, धनमाया भट्टराई लगायतले पनि दरखास्त  दिएका थिए ।

अध्यक्षका लागि शिक्षा तथा परीक्षाका क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनैतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष कार्य गरेको कार्यविधिमा उल्लेख छ ।

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेश गरेका  थिए । बोर्ड अध्यक्षका लागि उमेरको हदवन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोक सेवा आयोगमा पठाएको थियो । 

A Levels MA
Thuprai - Books and E-books