After SEE Portal

बाल विकास सहजकर्तालाई सामुहिक बर्खास्ति प्रति समितिको आपत्ति

Bridge Course

वर्षौदेखि सरकाले शोषण गर्दै आएका बालविकास सहजकर्तालाई स्थानीय सरकारले ज्याजति गरेको भन्दै बालविकास सहजकर्ताहरूले आपत्ति जनाएका छन् । चितवन जिल्लाको राप्ती नगरपालिकाले ११ जना बाल विकास शिक्षकलाई सामुहिक रुपमा विस्थापित गरेपछि नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष  समितिले आपत्ति जनाएको हो ।

नगरपालिकाले भदौ १ गतेदेखि लागु हुनेगरी ११ जनालाई सामुहिक बर्खास्त गर्दै नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो । शैक्षिक योग्यताको कारण देखाउँदै बालविकास सहजकर्ताहरूलाई विद्यालयबाट हटाउन गरेको निर्णयप्रति खेद प्रकट गरेको छ ।

सुरुआति समयमा राज्यले योग्य ठानी नियुक्ति दिई वर्षौंसम्म सेवा गरेका सहजकर्ताहरूलाई नगरपालिकाले आफूखुसी हटाउने निर्णयले मानव अधिकारको समेत हनन् भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books