कक्षा १२ को नतिजा आज

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए । आज विहान ८ बजेबाट पुनः त्रुटि खोज्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।

तीजका दिन नतिजा सार्वजनिक गर्ने बोर्ड बैठक बोलाइए पनि विवाद भएपछि तत्काल स्थगन गरिएको थियो । त्यसपछि त्रुटि कम होस् भन्नका लागि यति ढिला नतिजा सार्वजनिक गर्न लागिएको भनाइ बोर्डको छ ।

 

Thuprai - Books and E-books