CMAT

कक्षा ९को रजिष्ट्रसन फारम खुला

Bachelors Portal

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुला गरेको छ ।

सबै विद्यार्थीले कार्तिक २४ गतेदेखि मंसिर मसान्त भित्र नियमित शुल्कमा र पुस १ गतेदेखि १५ गते भित्र विलम्ब शुल्क आवेदन फारम भर्नु पर्ने बोर्डले सूचना जारी गरेको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूले २०८१ सालको एसईईमा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न बोर्डले सूचित गरेको छ ।

सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा महाशाखा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ, बोर्डका प्रदेश तथा शाखा कार्यालय र शिक्षा विकास निर्देशनालयको जानकारीका लागि निर्देशन दिएको छ ।

विद्यालयहरूमा हाल कक्षा ९ मा अध्ययनरत सबै विद्यार्थीहरूका लागि हाल कक्षा ९ मा नियमित विद्यार्थीको रुपमा अध्ययनरत साधारण परम्परागत र प्राविधिक धारतर्फ समेतका विद्यार्थीहरूले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

साथै अक्षराङ्कन पद्धति (२०७२ २०७७) का हकमा अनिवार्य विषयहरूमा न्यूनतम डी प्लसग्रेड र २०७८ र २०७९ सालमा न्यूनतम डी ग्रेड प्राप्त ग्रेडसिटलगायतका प्रमाणपत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books
I Tech store