Managed Admission 2022

कक्षा १२ को परीक्षा आज ८ बजेदेखि सुरु हुँदै (समयतालिका सहित)

Masters Portal

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएर ११ बजे सम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

कुल १ हजार ४५७ परीक्षा केन्द्रबाट नियमित तर्फ ११४ आंशिक तर्फ ९७ विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा आगामी जेठ ५ गते सम्म सञ्चालन हुने बोर्डले समयतालिका सार्वजनिक गरेको छ ।

परीक्षा सञ्चालनका लागि १७ हजार सुरक्षाकर्मी सहित ५० हजार निरीक्षक–पर्यवेक्षक सहभागी हुने नियन्त्रक शर्माले जानकारी दिए ।

परीक्षाको मुखमा निर्देशिका परिवतन

 यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदैछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिने गरी निर्देशिका संशोधन गरेको छ ।

नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने प्रावधान हटाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको छ ।

निर्देशिका परिवर्तन भएसंगै अब नन ग्रेड आएको विषयको मात्र परीक्षा दिनु पर्ने व्यवस्था गरेको छ । विद्यार्थीको सहभागिता घटेर ड्रप आउट धेरै आउने भन्दै मन्त्रालयले निर्देशिका संशोधन गरेको हो ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ को दफा ७ को उपदफा (२) को खण्ड (ङ) मा भएको प्रावधान हटाएर नियमित वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो सोही विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

परीक्षा समय तालिकाः

 

 

 

I Tech store
Thuprai - Books and E-books