Bachelors Portal

कक्षा १२ को पुरक परीक्षाको नतिजा तिहार अगाडि नै सार्वजनिक हुने

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले  कार्तिक २४ गते भित्र  नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो ।

बोर्डले गत असोज ९–१० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि  परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो । कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि  परीक्षा सञ्चालन गरेको हो । सो परीक्षा १ लाख १७ हजार विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दियो ।

Select college / campus