After SEE Portal

आज कक्षा १२ को नतिजा

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्नका लागि आज अपरान्ह बोर्ड बैठक डाकिएको छ । "त्रुटि केलाउने काम भइरहेको छ, सकेसम्म आजै गर्छाैँ । भ्याउने अवस्था नरहे भोलि होला" सूत्रले भने ।

कक्षा १२ को परीक्षा गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको थियो ।

बोर्डले सबै विषयको नतिजा सार्वजनिक गर्ने जनाइएको छ । विगतमा सुरुमा विज्ञान र त्यसपछि अन्य विषयका नतिजा सार्वजनिक गर्ने चलन थियो । करिब चार लाख परीक्षार्थी सम्मिलित भएका थिए ।

A Levels MA