कक्षा १२ को  पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

 राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी (नन्ग्रेड)  आई नतिजामा चित्त नबुझी पुनर्योग चाहने विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार ४८ जना परीक्षार्थीको ग्रेड परिवर्तन भएको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालित  परीक्षाको नतिजा प्रकाशित भएपछि चित्त नबुझी  भदौ २४ गतेसम्म निवेदन दिएका परीक्षार्थीहरुको  ा बोर्डको असोज ६ गतेको निर्णयानुसार नतिजा  प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात् सक्कल ग्रेडसिटसहित यस कार्यालयमा सम्पर्क गर्नले सबै परीक्षार्थीलाई सूचित गरेको छ । 

साथै पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले  १५ दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००) बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्नु सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

कक्षा १२ को  पुनर्योगको नतिजा 

Degrees offered in nepal
Counseling
Bachelors Portal