CMAT

कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षामा तयार गरिँदै

Bachelors Portal

दुरुपयोग भएको हुनसक्ने आशंकाका कारण कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षा सामग्री केन्द्रमा तयार गरिने भएको छ ।

कोभिड-१९ पछि कक्षा १२ को प्रश्नपत्र छपाइ गर्न छोडिएको थियो । त्यसको सट्टामा इमेलबाट परीक्षा केन्द्रसम्म पठाइदिने र परीक्षा केन्द्रले तत्कालै प्रिन्ट गरी वितरण गर्ने अभ्यास थालिएको थियो । यसरी अभ्यास गर्दा राष्ट्रिय परीक्षा बोर्डको परीक्षा शाखाबाट कतिपय निजी विद्यालयलाई प्रश्नपत्र अघिल्लै दिन पठाइने गरिएको विषय चर्चामा आएको थियो । बोर्डले त्यस बारेमा छानविन नगरे पनि कतिपय कर्मचारीले त्यस्तो गरेको हुनसक्ने आशंका गरिएपछि अबदेखि प्रश्नपत्र बोर्डमा तयार नगरी जनक शिक्षामा तयार गर्ने निर्णय भएको हो ।

बोर्डका एक उच्च पदाधिकारीले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गर्दै भने, "जनक शिक्षामा तयार गरिने प्रश्नलाई परीक्षाका दिन विहान एक घण्टा अघि बोर्डमा ल्याइनेछ । त्यसपछि सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछ । यसबाट प्रश्नपत्रको गोपनीयता कायम गर्न सम्भव हुनेछ ।"

बोर्डको परीक्षा शाखाका पदाधिकारी जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेस रहेको भवनमा प्रश्न तयार नगरुन्जेल बस्नेछन् । उनीहरु परिवारबाट सम्पर्कविहीन हुनेछन् । त्यहाँको कम्प्युटरमा तयार गरिएको प्रश्नलाई सम्बन्धित परीक्षाका दिनमा परीक्षा सुरु हुनु केहीअघि पेनड्राइभमा राखिनेछ । पेनड्राइभलाई सबैको रोहबरमा खामबन्दी गरी सिल गरिनेछ । बोर्डमा ल्याएर सिलबन्दीलाई सबैको रोहबरमा पुनः हटाइनेछ । त्यो पेनड्राइभबाट कम्प्युटरमा प्रश्न सारेर परीक्षा केन्द्रमा पठाइनेछ ।

Thuprai - Books and E-books
I Tech store