After SEE Portal

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  बोर्डको आजको निर्णयानुसार नतिजा नतिजा सार्वजनिक गरेको हो

प्रकाशित गरिएको छ । गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १ लाख २२ हजार विद्यार्थी मध्ये १ लाख १७ हजार विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । परीक्षा दिएका मध्ये ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो । कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि सहभागी हुन पाउने व्यवस्था छ ।

 

A Levels MA