After SEE Portal

कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म (परीक्षा तालिकासहित)

Bridge Course

कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी दिए । 

उनका अनुसार देशभरि करिव ४१०५ परीक्षा केन्द्र रहनेछन् । विगतमा करिव एक हजार एक सय परीक्षा केन्द्र कायम गरिन्थे ।

“कुनै विद्यार्थी आफू अध्ययनरत रहेको विद्यालयभन्दा फरक जिल्लामा बसोबास गरेको भए उनले आफू रहेकै जिल्लाबाट परीक्षा दिन सक्नेछन्” उनले थपे, “विद्यालयलाई त्यस्ता विद्यार्थीका बारेमा फाराम भर्न लगाएका थियौँ । त्यसैका आधारमा विद्यार्थीले आफ्नो गृह जिल्लाको घर नजिकको विद्यालयबाट परीक्षा दिन सक्नेछन् । त्यस्ता विद्यार्थी देशभरि करिव नौ हजार छन् ।”

A Levels MA
Thuprai - Books and E-books