कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो । परीक्षा बोर्डले बिहान ११बजेदेखि देखि तीन घण्टा सञ्चालन गर्ने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ।

कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी_ले अनुमति दिएसंगै बोर्डले साउन ३१ गते देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डक अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

माध्यामिक तहको अन्तिममा लिइने भएकाले कक्षा १२ को परीक्षो यो वर्ष सय पूर्णांककै गर्ने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा लिने भएको हो ।

बोर्डले गतवर्ष समय र अंकभार घटाएर परीक्षा लिएको थियो  । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा गरेको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

 

 

 

Thuprai - Books and E-books