After SEE Portal

कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानोपाठ्यक्रम अनुसारका नियमित एवं ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डद्वारा जारी सूचना अनुसार विद्यार्थीको एकभन्दा बढी विषयको परीक्षा एकै दिन परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश÷शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ । 

साधारण÷परम्परागत धारतर्फ रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८, ७९ र ८० हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरुले नयाँ पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिनु पर्नेछ । 

प्राविधिक धारतर्फका परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ र ८० हुने) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रम  अनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम  अनुसार परीक्षा दिनु पर्नेछ । 

अनिवार्य गणित (००८१) एवं ऐच्छिक गणित (४०२१) विषयको पाठ्यक्रम र विशिष्टीकरण तालिका अद्यावधिक भएकोले नियमित परीक्षार्थीहरूले सोही बमोजिम परीक्षा दिनु पने सूच्नामा उल्लेख छ । 

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्

A Levels MA
Thuprai - Books and E-books