After SEE Portal

कक्षा ११ को रजिष्ट्रेसन खुल्यो

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीका लागि राजिष्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला भएको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम वापतको रकम बुझाइसक्नुपर्नेछ भने आगामी माघ ७ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिष्ट्रेसन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

रजिष्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथमा समावेश गर्नुपर्ने बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books