CMAT

कक्षा ११ को परीक्षा विद्यालयको इच्छामा

Bachelors Portal

कक्षा ११ को परीक्षा विद्यालयले आफ्नो अनुकूलको समयमा लिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा ११ का लागि परीक्षा तालिका सार्वजनिक नगरिने बताउँदै भने, “विद्यालय आफैले अनुकूल समय मिलाएर परीक्षा लिन सक्नेछ ।” उनका अनुसार जेठ वा असारमै परीक्षा लिनुपर्छ भन्ने छैन ।

बोर्डका पदाधिकारीहरुले केही समयअघि कक्षा ११ को परीक्षामा एकरुपता कायम गर्न परीक्षा तालिका तय गरिदिने तथा प्रश्नपत्र पनि तयार गरिदिने भन्दै आएका थिए ।

“प्रश्नपत्र विद्यालय आफैले तयार गर्न सक्नेछन्, हामीले तयार गरिदिँदैनौँ” उनले भने, “बरु विद्यालयलाई सजिलोका लागि नमूना प्रश्नपत्र तयार गरिरहेका छौँ । त्यो केही दिनमा वेबसाइटमा राख्नेछौँ । त्यसैका आधारमा विद्यालयले प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” कक्षा ११ को यसपटकबाट नयाँ पाठ्यक्रम लागु भएकोले परीक्षामा सोधिने प्रश्नको तरिकाका बारेमा पनि शिक्षकहरु अलमलमा छन् । उनीहरुले कक्षा ११ को आन्तरिक परीक्षामा आफूखुशी तरिकाका प्रश्न तयार गरेका थिए । 

परीक्षा नियन्त्रक शर्माका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिएपछि त्यसको नतिजा बोर्डलाई पठाइरहनु आवश्यक पर्ने छैन । 

Thuprai - Books and E-books
I Tech store