After SEE Portal

कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०–८१ कोवार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार  कक्षा १२ को वार्षिक परीक्षा २०८१ वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नंको सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने गरी सार्वजनिक गरेको हो ।

कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८१ साउन तेस्रो हप्ताभित्र प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ । कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुने  छ।

 पुनर्योगका लागि निवेदन दिने समय नतिजा प्रकाशन भएको मितिले १५ दिन तोकिएके छ । पुनर्योगको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालयले बोर्डकोवेबसाइट मा रहेको फाराम डाउनलोडगरी  कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्नुपर्ने छ  ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने र विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर  पौष १५ गते भित्रको हुनुपर्ने) । विलम्ब शुल्क सहित रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुने

विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइ इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने कार्यतालिकामा उल्लेख छ । २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने कार्यतालिकामा उल्लेख छ।

 २०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।

कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका

A Levels MA