After SEE Portal

बालबालिकालाई घरैबाट सिकाउन सकिने (उपयोगी पुस्तिका सहित)

Bridge Course

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट आफ्ना चार पाँच वर्षका छोराछोरीलाई स्कुल पठाउनबाट बञ्चित अभिभावकले अब पूर्व प्राथमिक तह र कक्षा एकका लागि पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पाठ्यक्रम अनुरुपका क्रियाकलाप घरैमा बसेर गराउन सक्ने भएका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पूर्व प्राथमिक र कक्षा एकका विद्यार्थीलाई लक्षित गरी अभिभावकको सहयोगमा गर्न सकिने क्रियाकलाप संग्रह गरिएको पुस्तक सार्वजनिक गरेपछि अभिभावकले यो सुविधा लिन सक्ने भएका हुन् ।

पूर्व प्राथमिक तहका लागि तयार गरिएको पुस्तिका पूर्ण रूपमा लेखपढ गर्न नसक्ने (४ वर्षका) साना बालबालिकाका लागि घरमै सिकाइ सुनिश्चित गर्ने उद्देश्यले  तयार गरिएका हो ।

उक्त पुस्तकमा भएका क्रियाकलाप अभिभावकको सहयोगमा  बालबालिकाले घरैमा बसी बसी गर्न सक्ने गरी तयार गरिएको केन्द्रले जानकारी दियो । बालबालिकालाई क्रियाकलाप गराउँदा माया गर्दै स्यावासी दिनु उपयुक्त हुने पुस्तकका लेखकहरू बताउँछन् । पुस्तकमा भएका विभिन्न क्रियाकलापहरूले बालबालिकालाई लेखपढ गर्ने बानी बसाल्न एवम् अक्षर तथा गणितीय सीपको अवधारणा बसाउनुका साथै  साथै अन्य सिकाइका अवसर  प्रदान गर्ने केन्द्रले जानकारी दियो ।

पुस्तकमा ४५ दिनका लागि क्रियाकलापहरू राखिएका छन् । बालबालिकालाई अभिभावकले दिनमा ३ ओटा सम्म क्रियाकलापहरू गराउन सक्ने लेखक मीनाक्षी दाहालले बताइन् ।

पूर्व प्राथमिक तहको क्रियाकलाप गराउन यहाँ क्लिक गर्नुहोस्ः

कक्षा एकको क्रियाकलाप गराउन यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA