After SEE Portal

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन क्षेत्रमा अनुसन्धान प्रस्ताव माग

Bridge Course

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि प्रस्ताव आह्वान गरेको छ । आयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी र शोधार्थीबाट प्रस्तव माग गरेको हो ।

आयोगको आर्थिक वर्ष ०८०–८१ मा विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आङ्गिक क्याम्पसमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत १ – १ शोधार्थीलाई अनुसन्धान वृत्ति प्रदान गर्दै आएको छ । आयोगले

क्रमशः रु १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले शोधार्थीलाई अनुसन्धान वृत्ति रकम प्रदानगर्दै आएको छ । इच्छुक सोधार्थीले सूचना प्रकाशित भएको मितिले साठी दिनभित्र आयोगको वेबसाइटमार्फत रितपूर्वक अनलाइन आवेदन दिनु पर्ने आयोगले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

A Levels MA