After SEE Portal

त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन आवेदन माग

Bridge Course

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि रिक्त सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोष्टरमा सूचीकृत हुन निवेदन माग गरेको छ । त्रिवि सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको आजको बैठक निवेदन माग गरेको हो ।

त्रिविमा कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूले तीन दिनभित्र आवेदन पेस गर्नु पर्ने मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ । इच्छुक नागरिकले आफ्नो बायोडाटासहित मन्त्रालयको इमेल ठेगानामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

गतवर्षको साउन १८ गते सेवा आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अध्यक्ष पाउन सकेकै छैन । तत्कालीन सिफारिस समितिको गत भदौ २७ को निर्णय अनुसार खुलाबाट अध्यक्ष नियुक्क्तिका लागि विज्ञापन गरियो । मन्त्रालय स्रोतका अनुसार अध्यक्ष बन्न ३८ जनाले आवेदन दिएका थिए ।

उपकुलपतिको कार्यकाल तीन महिना बाँकी

यसैबीच त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ ।

उपकुलपति बाँस्कोटाले आफ्नो तीन महिना कार्यकाल बाँकी रहँदा यही साउन १६ गते प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्वतयारीका साथ व्यक्तिको छनोट गरेमा नयाँ नेतृत्वलाई सहज हुने अवगत गराइएको बताए  ।

A Levels MA