After SEE Portal

'युनेस्को महिला र बालिका शिक्षाका लागि पुरस्कार'का लागिआवेदन माग (सूचना सहित)

Bridge Course

महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गर्नेलाई पुरस्कृत गर्न आवेदन माग गरेको छ ।  पुरस्कारका लागि व्यक्ति, विद्यालय वा संस्थाले आगामी वैशाख ३ गतेभित्र आवेदन दिइ सक्नुपर्ने छ ।

युनेस्को पेरिसबाट सन् २०२४ को लागि  UNESCO Prize for Girls' and Women's Education का लागि  आवेदन माग गरेको हो ।

५० हजार डलरको सो पुरस्कारका लागि व्यक्ति, विद्यालय, संस्था तथा संगठनबाट आवेदन दिन सकिने  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आवेदकले महिला र बालबालिकाको शिक्षाका लागि काम गरेका व्यक्ति वा संस्थाको परियोजना वा कार्यक्रम चालु अवस्थामा हुनुपर्ने छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरवार, काठमाडौं

UNESCO Prize for Girls' and Women's Education का लागि दरखास्त आह्वान गरिएको प्रथम पटक प्रकाशित सूचनाः २०८०/१२/१३

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको मिति २०८० । १२ । १२ को निर्णयअनुसार युनेस्को पेरिसबाट सन् २०२४ को लागि नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भई आएको UNESCO Prize for Girls' and Women's Education पुरस्कारका लागि (प्राप्त पत्रबाट जानकारी गराइएअनुसार पुरस्कार राशी USDS 50,000 को हुनेछ ) यस क्षेत्रमा उल्लेखनीय कार्य गरी देहायका सर्त पूरा गरेका नेपालका नागरिक तथा संस्थालाई दरखास्त आह्वान गरिएको छ ।

दरखास्त पेश गर्ने सर्तहरू

क) महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गरेका व्यक्ति, संस्थातथा संगठनबाट आवेदन दिन सकिने छ । आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेभसाइट www.moest.gov.np र यसै सचिवालयको वेभसाइटबाट www.nncu.org.np बाट डाउनलोड गर्न सकिने छ ।

ख) महिला र बालबालिकाको शिक्षाका लागि काम गरेका व्यक्ति वा संस्थाको परियोजना वा कार्यक्रम चालु अवस्थामा हुनुपर्ने छ ।

ग) आवेदन यसैसाथ संलग्न ढाँचामा हार्ड कपि बुझाउने भए युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय, सिंहदरवार काठमाडौँमा र अनलाइन बुझाउनेले यसै सचिवालयको इमेल unesconatcomnepal@gmail.com र वेभसाइट www.nncu.org.np मार्फत पठाउन सकिने छ । यसरी आवेदन पठाएमा सचिवालयले प्राप्त गरे नगरेको विषयमा सचिवालयको नम्बर ४२००५५९ मा फोन गरेर सुनिश्चित हुनुपर्ने छ ।घ) आवेदन दिने निकायले संलग्न फारममा उल्लेख गरिएअनुसार सबै विवरण पूरा भर्नुपर्ने छ । साथै आवेदन फारमसाथ आवेदन फारमको ६ नं बुँदामा उल्लेख भएको कागजातसमेत संलग्न हुनुपर्ने छ ।

ङ) अन्तिम छनौटपूर्व लघुछनौटमा परेका व्यक्ति तथा संस्थाले परियोजना तथाकार्यक्रम सञ्चालन गर्दाको बखत नेपाल सरकारको आधिकारिक निकायसँग गरिएका सम्झौतापत्र (जस्तैः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेर कार्य गरिएको भए शिक्षा तथा मानव स्रोत विकास केन्द्र / शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग गरिएको चालु आ.व. का लागि गरिएको समझदारी पत्रर अन्य निकाय अन्तर्गत भए सोही अनुरुप), कार्य सञ्चालन गरिएको सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, मूल्याङ्कन तथा अनुगमनको रिपोर्ट, संस्था भए सो को दर्ता प्रमाणपत्र, नवीकरण गरी अद्यावधिक गरिएको सक्कल प्रति बुझाउनु पर्ने छ । व्यक्तिको सक्रियतामा भए व्यक्तिले अनुमति लिएको र सो संस्थाले प्रमाणीकरण गरेका कागजातहरू पेश गर्नुपर्ने छ । ती कागजातहरू बुझाउन नसकेमा आवेदन स्वतः बदर हुने छ ।

च) आवेदक व्यक्ति तथा संस्थाको छनौटको सिफारिस सचिवालयबाट हुनेछ । Global Competition बाट प्राप्त हुने पुरस्कारको अन्तिम मनोनयनयुनेस्को प्रधान कार्यालय पेरिसद्वारा गठन हुने जुरीको सिफारिसमा युनेस्को प्रधानकार्यालयका महानिर्देशक (Director General) बाट हुने छ ।

छ) आवेदन दिने अन्तिम मिति२०८१।०१।०३ सम्म हुनेछ । म्याद नाघी आएको आवेदनउपर कुनै कारवाही हुने छैन । रीत नपुगेको दरखास्त बदर हुनेछ । यस सम्बन्धमा कुनै कुरा द्विविधा हुन गएमा कार्यालय समयभित्र सचिवालयको फोन ४२००५५९ मा फोन गरी जानकारी लिन सकिने छ ।

 

विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books