After SEE Portal

आन्तरिक  र कार्य सम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवाका लागि आवेदन माग

Bridge Course

 

शिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ । सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका आधारमा बढुवाद्वारा पूर्तिगर्नका लागि आवेदन माग गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्नुपर्ने शिक्षक सेवा आयोगको जनाएको छ ।

आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) का लागि मिति भदौं ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्नुसकिने जनाएको छ । साथै अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन÷संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्ल्ेख गरेको छ ।

विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने तथा पछि फरक परेमा व्यक्ति स्वयं जबाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारबाही हुन नसक्ने जनाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा ( ७५ प्रतिशत) का लागि आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त पेस गर्नुपर्ने छ । शिक्षा विकास तथा समन्वय एकाइले समेत यसैलाई आधार लिई दरखास्त फाराम लिइदिनुहुन समेत अनुरोध गरेको छ ।

A Levels MA