A Levels MA

शुल्क लिन नपाए वीरेन्द्रनगरका सामुदायिक विद्यालय भदौ ७ देखि बन्द हुने

अभिभावकले दिएको शुल्क लिन नपाए आगामी भदौ सात गतेदेखि वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको सम्पूर्ण पठनपाठन बन्द गरिने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापकले जानकारी गराएका छन् ।

डेढ दर्जन सामुदायिक विद्यालयका पदाधिकारी द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो श्री जननमूना माविबाट लिएको अतिरिक्त शुल्क र कागजात जफतलाई विद्यालय सञ्चालनमा  भएको अबरोधको संज्ञा दिएका छन् ।

शिक्षक विद्यार्थी अनुपात नमिलेको हुँदा विषम परिस्थितिमा विद्यालय सञ्चालन गर्न नसकिने, विद्यालय सञ्चालनाक लागि थप अनुदान चाहिने, अन्यथा विद्यालयमा पठनपाठन गराउन, भर्ना लिन नसकिने चेतावनी दिएका छन् ।

 हिजोको घटनालाई लिएर विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा गरिएको अनर्गल टिकाटिप्पणी प्रति हाम्रो घार आपत्ती रहेको छ । यस्तो परिस्थिति कायमै रहेमा सरकारी निकायको थप अनुदान सहयोग वा  अभिभावकको सहयोग बिना हामी स्वीकृत दरबन्दीको अनुपातमा बाहेक कक्षा ११ मा नयां विद्यार्थी भर्ना लिन र अन्य कक्षाहरुको नियमित पठनपाठन सुचारु गर्न नसकिने बाध्यात्मक अवस्थामा पुगको छौं’ विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको संविधान २०७२ र सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७१।४१२५ को फैसलाको मातहतमा रहि वीरेन्द्रनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरुले अभिभावकको तर्फबाट स्वैच्छिक रुपमा प्रदान गरिएको सहयोगको आधारमा विद्यालयहरु संचालन गरिरहेको कुरा सर्वविदितै छ ।’

शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपात भन्दा झण्डै दोब्बर संख्यामा विद्यार्थी भर्ना भई बालबालिकाको पढ्न पाउने अधिकारको  सुनिश्चितताका लागि अभिभावकले थोरै रकम सहयोग गरी वीरेन्द्रनगर पालिकाका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरेको अवस्थामा हाम्रा विद्यालय संचालित  भएको विज्ञप्तिमा  उल्लेख छ ।

‘यसरीआभभावकवाट प्राप्त स्वेच्छिक सहयोगवाट संचालित विद्यालयहरुमा विभिन्न निकाय, व्यक्ति र संस्थावाट पटक पटक गरिने अबरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन, अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरुको मनोबल र आत्मसम्मानमा चोट पुगेको छ।’ विज्ञप्तिमा  भनिएको छ, ‘ श्री जन नमना मावि वीरेन्द्रनगर सुर्खेतमा मिति २०७९।०५।०१ गते घटेको लाइ लिएर

 

Thuprai - Books and E-books