४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरुले मिति २०७७ माघ ०२ गते देखि फालान ०१ गते सम्ममा आ-आफ्नो क्याम्पसमा परीक्षा आवेदन फारम भरि बुझाउन हन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै २०७७ साल फालान ०२ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् ।

साधारण म्याद सकिएको दुई दिन भित्र सम्वधित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोब्बर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ। साथै शुल्क र अन्य नियमका हकमा गतसालको अनुसार नै हुने छ र आ-आफ्नो क्याम्पसका विद्यार्थीहरुलाइ क्याम्पसहरुले समयमा नै खवर गरी उक्त परीक्षा आवेदन फारम बुझाउन हुन समेत अनुरोध छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal