After SEE Portal

आउँदो सातादेखि कक्षा एकका पाठ्यपुस्तक छाप्न सुरु गरिने

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि नयाँ पाठ्यपुस्तक तयार गरेको छ । तयार भएका पाठ्यपुस्तक आउँदो सातादेखि छपाउने भएको छ । केन्द्रले पुरानो पाठ्यक्रममा भएका पाठ्यवस्तुलाई परिमार्जनसहित परिवर्तन गरी नयाँ पाठ्यपुस्तक तयार गरेको हो ।

शैक्षिक सत्र २०७७ बाट लागु गर्नेगरी तयार गरिएका कक्षा एकका परिवर्तनसहितका पाठ्यपुस्तककेन्द्रले आगामी सातादेखि छपाउने भएको छ । फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लामा समेत नयाँ शैक्षिक सत्र देखि नै नयाँ पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरी केन्द्रले छपाइको जिम्मा जिनी प्रकाशन गृहलाई दिने भएको छ । केन्द्रले पाठ्यपुस्तक छपाइका लागि काठमाडौं, भक्तपुर र विराटनगरका २० ओटा निजी प्रकाशन गृहलाई जिम्मा दिने अन्तिम तयारी गरेको जानकारी दियो ।

गत वर्ष १८ जिल्लाका १०३ विद्यालयमा परीक्षण गरेका पाठ्यपुस्तकका केही पाठलाई संशोधन गरी छपाइका लागि पठाउन लागिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । निर्देशक भट्टराईले भने, ‘समयको माग, परिवर्तित सन्दर्भ आदिलाई ख्यालमा राखेर पाठ्यपुस्तक तयार गरेका छौं ।’

कक्षा ४–८ मा परिवर्तन

केन्द्रले कक्षा ४– ८को पाठ्यक्रम परिवर्तन गर्ने भएको छ । समयअनुसार पाठ्यक्रमलाई परिवर्तन गर्नु पर्ने आवश्यकता महसुस गरी केन्द्रले पाठ्क्रम परिवर्तन गर्न लागेको हो । परिवर्तित कक्षा ६को पाठ्यक्रम आगामी वैशाखदेखि विभिन्न जिल्लामा परीक्षण गरिने भएको छ । ‘फेरबदल भएका तथ्य तथ्याङ्कलाई अपडेट गर्न आवश्यक भएकाले पाठ्यक्रम परिवर्तन गर्न लागेका केन्द्रले जानकारी दियो । केन्द्रका अनुसार परीक्षणबाट आएको पृष्टपोषणलाई कदर गर्दै सबै कक्षाको पाठ्क्रम परिवर्तन गरिने भएको छ ।

यसैगरी केन्द्रले विद्यालय तहका परिवर्तित र समसामयिक सन्दर्भसमेतका आधारमा कक्षा ९ र १० का अन्य १५ विषयका पाठ्यक्रम अद्यावधिक गर्ने भएको छ ।

केन्द्रले कक्षा १० का ९ ऐच्छिक विषयको पाठ्यपुस्तक तयार पारिसकेको छ । ‘परिवर्तित पाठ्यक्रमलाई कार्यान्वयन गर्न सरोकारवालालाई सूचित गरिसकिएकोे छ ।’ निर्देशक भट्टराइले भने, ‘ऐच्छिक विषयका तथ्य तथा तथ्याङ्कहरूलाई समयअनुसार परिमाजर्नन गर्नुपर्ने भएकाले अद्यावधिक गरेका हौं ।’

केन्द्रले कक्षा ९ का इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा, जनसंख्या, ऐच्छिक अङ्ग्रेजी लेखापरीक्षण, वातावरण र कम्प्युटर विज्ञानको पाठ्यपुस्तक परिवर्तन गरेको केन्द्रले जनाएको छ । यस्तै कक्षा १० का इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा, जनसंख्या, वातावरण र कम्प्युटर विज्ञानको पाठ्यपुस्तकमा परिवर्तन गरिएको केन्द्रले जनाएको छ ।

कक्षा ११ नयाँ पाठ्यक्रम

नयाँ शैक्षिकसत्र देखि कक्षा ११मा पनि नयाँ पाठ्यक्रम लागु हुने भएको छ । केन्द्रले आगामी साउनदेखि नयाँ पाठ्यक्रमका आधारमा कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी गरिसकेको छ । कक्षा ११ र १२ मा नयाँ क्रम्शः नयाँ पाठ्यक्रम लागु हुने केन्द्रले जानकारी दियो ।

‘कक्षा ११ को अनिवार्य तीन विषयहरू अङ्ग्रेजी, नेपाली र सामाजिकको लेखन कार्यअन्तिम चरणमा पुगेको छ ।’ निर्देशक भट्टराइले भने, ‘आगामी शैक्षिक सत्रदेखि क्रमशः दुवै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्छौं ।’

पाठ्यपुस्तकहरू डाउनलोड गर्नुहोस् : 

A Levels MA
Thuprai - Books and E-books