विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजु

विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ ।

आयोगको रिक्त सदस्यमा त्रिभुवन विश्वविद्यालका उपकुलपति धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुलाई नियुत्त गरेको छ । मन्त्री परिषद्को माघ १३ को निर्णअनुसार रिक्त पदमा बास्कोटा र माकाजुलाई नियुक्त गरेको हो ।

रिक्त सदस्यलाई मन्त्री परिषद्को निर्णयअनुसार नियुक्त गरिएको सरकारका प्रवक्ता  सञ्‍चार तथा सूचना प्रविधि मन्त्री  गोकुल बास्कोटाले जानकारी दिए ।

Thuprai - Books and E-books