Bachelors Portal

विद्यार्थीलाई झोला र पोशाक वितरण

तेह्रथुम, ६ पुस (रासस) ः तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ । कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पु¥याउन पोशाक र झोला सहयोग गरिएको वडाध्यक्ष होमबहादुर खड्काले बताउनुभयो । 

वडा समितिले चालू आर्थिक वर्षको बजेटबाट हरिहर आधारभूत विद्यालयका ७० जना, मुनारत्न आधारभूत विद्यालयका २४ जना र सिंहवाहिनी आधारभूत विद्यालयका २६ जना गरी कूल १२० जना विद्यार्थीलाई एक÷एक थान स्वीटर र झोला वितरण गरेको हो ।

वडाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका बीच विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको वडासचिव मानबहादुर सुनारले बताउनुभयो । सो अवसरमा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु दुई हजार ५०० का दरले स्वास्थ्य उपचार सहायता रकमसमेत उपलब्ध गराइएको छ । 

Thuprai - Books and E-books