स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगित

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालय प्रवेश परीक्षा बोर्ड २०८०–०८१ का पदाधिकारीहरुले हिजो संयुक्त राजिनामा दिएका कारण परीक्षा स्थगत गरेको हो।

डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् ।

 डीन कार्यालयको हिजोको  निर्णयानुसार प्रवेश परीक्षा २०८० सम्बन्धि कार्यक्रम अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगन गरेको त्रिविले जारी गरेको सूचनामा उल्ले गरेको छ ।

 परीक्षाको नयां कार्यक्रम  सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेवसाइटमार्फत सार्वजनिक गर्ने सूचनामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal