After SEE Portal

अष्ट्रेलियाले २० नेपालीलाई छात्रवृत्ति दिने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टचार भेटवार्ता भएको छ । भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासमा गरिएको सहयोगका बारेमा छलफल भएको थियो । 

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि दुवै देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारसँग शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभयो ।

“अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो” उनले भने, “पछि निरन्तरताको अभाव अनुभव भएको छ । हामी १० वर्षे शिक्षा क्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौँ । अष्ट्रेलियन सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु ।”

भेटमा राजदूत फेलिसिटीले आगामी सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइन् । 

उनले नेपालमा विकास सहायतामार्फत कोभिड महामारीका बेला रेडियो कार्यक्रमलगायतमा सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् । राजदूत फेलिसिटीले आगामी सन् २०२३ सम्म नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने बताइन् । 

उनले नेपाली विद्यार्थीले कोभ्याक्स र एक्सट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्न नपर्ने सरकारको नीति रहेको सुनाइन् ।

A Levels MA