शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)

उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने  पालिकाको निर्णयमाथि पुनरविचार गर्न  शिक्षकहरूले माग गरेकाछन् ।

गत माघ १५ गतेको दशौँ कार्यपालिका बैठकले गरेको निर्णयको पुनरविचार गर्न उक्त पालिकामा कार्यरत विभिन्न शिक्षक संघसंगठनले सार्वजनिक अपिल समेत गरेका छन् ।

गाउँपालिकास्थित  विभिन्न दल सम्बद्ध शिक्षक संघ संगठनहरूले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै कारबाहीको नाममा शिक्षकहरूको तलब कट्टा गर्ने निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

कार्यपालिकाको सो निर्णयबाट पीडित शिक्षक तथा गाउँपालिकामा कार्यरत शिक्षकहररूको तर्फबाट निर्णय पुनः विचारको माग गरेका छन्।

कार्यपालिका बैठकले आधारभूत विद्यालय रामबेलाका प्रधानाध्यापक सहित तीन जना शिक्षकको तलब कट्टा गर्ने निर्णय गरेर शिक्षकको पेटमाथि लात हान्ने काम भएको आरोप संगठनले लगाएका छन् ।

शिक्षकका अनुसार बैठकको निर्णय नं. २ मा वडा नं. ५ को बाल आधारभूत विद्यालय रामबेलामा अध्ययनरत किशोरीहरुका लागि पठाइएको आईरन चक्की म्याद नाघेको फेला परेको थियो। चक्की वितरण गर्ने क्रममा म्याद नाघेको पाइएपछि विद्यालयले सो कुरा सामाजिक सञ्जालमा प्रचार गर्न तेस्रो व्यक्तिको प्रयोग गरेको आरोपमा शिक्षकको तलब कट्टा गर्ने निर्णय गरेको शिक्षकको आरोप छ । 

गाउँ कार्यपालिका बैठकको निर्णय नं. २ मा भनिएको छ, ‘वडा नं. ५ स्थित बाल आधारभूत विद्यालय रामबेला चौलानेको च नं. ४३ मिति ०७९÷९÷२९ गतेको पत्र अनुसार किशोरीहरुका लागि आवश्यक ‘फोलिक एसिड’ नामक औषधिको माग भए अनुसार स्वास्थ्य शाखाबाट पठाइएकोमा म्याद नाघेको पाइएको कुरा थाहा पाउने बित्तिकै सम्बन्धित कार्यालयमा जानकारी गराउनुपर्नेमा अनाधिकृत तेस्रो व्यक्तिलाई दिएर सूचना चुहावट गरेको पाइएकाले उक्त घट्नामा संलग्न तपसिलका व्यक्तिहरूलाई उल्लेखित कारबाही गर्ने भनि सर्वसम्मत निर्णय गरियो।’

सो निर्णय अनुसार स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई स्वास्थ्य शाखा प्रमुखबाट बर्खास्त गर्ने, विद्यालयका प्रधानाध्यापक तिलकबहादुर राईलाई दुई महिनाको तलब कट्टा गर्ने तथा शिक्षक दिनेश कटुवालको ३ महिनाको तलब कट्टा गर्ने र अर्का शिक्षक युवराज राउतको १ महिनाको तलब कट्टा गर्ने निर्णय भएको बैठकको निर्णय नं. २ मा उल्लेख छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जनतालाई दुःख दिने काम गरेको पाइएकाले गल्ती गर्ने सरोकारवालाहरुलाई कारबाहीको दायरामा ल्याउनु परेको बताए।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शिवराम राईले गाउँपालिकाले दिएको औषधि म्याद नाघेको पाएपछि शिक्षकहरुले सामाजिक सञ्जालसम्म पुर्याउन सहयोग गरेको आरोपमा उनीहरुमाथि कारबाही हुनु स्वभाविक भए पनि तलब नै कट्टा गर्नु अन्याय भएको बताए। 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ढकबहादुर राईले शिक्षकमाथि गाउँपालिकाले बारम्बार प्रहार गर्दै आएको र यो पटक पुनः आक्रमण भएको बताए । उनले म्याद नाघेको औषधि दिने स्वास्थ्यकर्मीलाई केही नगरेर स्वास्थ्य शाखा प्रमुखलाई मात्र बर्खास्त गर्नुले समान न्याय नभएको बताए ।

सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करणमा  आफूलाई पुर्याउन सफल भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेलको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको पाइएको छ ।

अख्तियार दुरुपयोग  अनुसन्धान आयोगका अनुसार कडेलले निमावि। तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइएससी। उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका  भन्दै विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।  शिक्षक सेवा आयोगले गत वर्ष तृतीय श्रेणीका शिक्षक छनोटका लागि गरेको विज्ञापनको करिब करिब नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ । आयोगले मायमिक तहका शिक्षक छनोट गरी पदस्थापना गरिसकेको छ भने निमाविको पदस्थापनाका लागि सम्बन्धित निकायमा सिफारिस गरिसकेको छ । त्यस्तै, प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।

शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता कार्यान्वयन पुस्तिका २०७९–८० को अनुसूची १ को ढाँचामा सबै स्थानीय तहलाई माघ मसान्त भित्र एकाइमा पठाउन निर्देशन दिएको  छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।

बोर्डले आगामी २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि÷आंशिक तथा कक्षा ११ को आंशिक÷ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

आगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ९विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा० ले सूचना जारी गर्दै २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने जानकारी दिएको छ ।

आगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ९विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा० ले सूचना जारी गर्दै २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने जानकारी दिएको छ ।

चिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यतालिका स्थगन गरेसंगै बार्षिक कार्यतालिका प्रभावित भएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बन्द हडताल जस्त कार्य स्थगनगरी छलफलबाट समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।

 

Thuprai - Books and E-books