A Levels MA

कक्षा १२ को आवेदन फाराम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।

बोर्डले आगामी २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि÷आंशिक तथा कक्षा ११ को आंशिक÷ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

त्यसका लागि यही माघ मसान्तसम्मको समयावधि दिइएको छ । सो अवधिमा छुट भएका परीक्षार्थीले आगामी फागुन १५ गतेभित्र विलम्ब शुल्क तिरेर आवेदन फाराम भर्न पाउनेछन् । आवेदन फारामका लागि छ सय रुपियाँ शुल्क तोकिएको छ ।

रापबोको परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ का लागि आवेदन फाराम भर्न कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी र आन्तरिक मूल्याङ्कनतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

आवेदन फारामका साथमा ग्रेडसिट समावेश गर्नुपर्ने हुन्छ र त्यसलाई अनिवार्य रूपमा प्रधानाध्यापकले प्रमाणीकरण गरेको हुनुपर्छ ।

 

Thuprai - Books and E-books