A Levels MA

२०८० को शैक्षिक सत्र वैशाख १ देखि सुरु हुने

आगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सूचना जारी गर्दै २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने जानकारी दिएको छ ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिँदै शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ (१) बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माघ ६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार आगामी शैक्ष्ँिक सज्ञ वैशाख एक गतेदेखि सञ्चालन गर्ने भएको छ ।

 एकाइलाई स्थानीय तह मार्फत विद्यालयमा गराई कार्यान्वयनमा सहजीकरण गर्न केन्द्रले निर्देशन दिएको छ ।

Thuprai - Books and E-books