After SEE Portal

चिकित्सा शिक्षा स्नातकोत्तर तहको बार्षिक कार्यतालिका प्रभावित

Bridge Course

चिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यतालिका स्थगन गरेसंगै बार्षिक कार्यतालिका प्रभावित भएको हो । 

शैक्षिक सत्र आजदेखि सञ्चालन हुनेगरी काम गरिरहेको आयोगले गरेको म्याचिङ प्रक्रियाका सम्बन्धमा सर्वोच्चमा रिट परेपछि म्याचिङ प्रक्रिया अवरुद्ध भई कार्यतालिका स्थगत गरेको छ ।

आयोगले गत ६ पुस २०७९ मा म्याचिङसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको थियो । सोही आधारमा २२ माघ २०७९ देखि कक्षा प्रारम्भ गर्ने कार्यतालिका थियो । तर, सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश दिएपछि कार्यतालिका प्रभावित भएको चिकित्सा शिक्षा आयोगले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

गत पुस १७ गते सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । अदालतमा उक्त विषय विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले कक्षा प्रारम्भ गर्ने कार्यतालिका स्थगन गरिएको उल्लेख गरेको छ । ‘सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई समेत यही सूचनाको आधारमा हाललाई कक्षा प्रारम्भ गर्ने कार्य स्थगन गर्न अनुरोध समेत गरेको छ ।’ सूचनामा भनिएको छ ।

आयोगले ‘चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९’ संशोधन गरेर स्नातकोत्तर तहको म्याचिङ गराउँदै आएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेसंगै आयोगको कार्यतालिका प्रभावित भएको हो ।

A Levels MA
Thuprai - Books and E-books