एस्पायर इंटर कलेज इभेन्ट  २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजलाई

एस्पायर इंटर कलेज इभेन्ट  २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेके छ । । ईस्लिंगटन कलेजले आयोजना गरेको एस्पायर इंटर कलेज इभेन्ट २०२० मा दि बृटिस कलेजलाई सो उपाधी प्रदान गरिएको हो । कलेजले सो कार्यक्रम् फेब्रुअरी २६-२८  मा आयोजना गरेको हो ।

कलेजले विभिन्न व्वसायसंग सम्बन्धित प्रतिस्पर्धाका रुपमा उक्त कार्यक्रम् वार्षिक रुपमा गर्दै आएको छ । एस्पायरले विदार्थीलाई प्लेटफर्म प्रदान गर्ने लक्ष्य सहित आयोजना गर्ने गरेको छ ।

 विद्यार्थीमा समय ब्यबस्थापन, समूहमा कामगर्ने बानी  र  नेतृत्वशैली  उच्च हुने विश्वासका साथ सो कार्यक्रम् आयोजना गरिएको कलेजले जानकारी दियो ।

कलेजले विशिष्ट बजेट विनियोजन गरी सो कार्यक्रम् आयोजना गरेको हो । प्रतिस्पर्धी बिद्यार्थीले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका कलेजले जानकारी दियो ।  सहभागीहरूले कार्यक्रमको क्रममा टीम वर्कको प्रदर्शन गरेका थिए ।

प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरु  पत्ता लगाउनुका साथै बाहिर काम गर्न र उनीहरूलाई  विश्व(ब्यापारको अनुभव र अनुभूति  प्रदान गर्दै त्यसमा आफुलाई कसरी समावेश गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो।

 सीमित समयमा वास्तविक लक्ष्यहरुमा उनीहरूको सिप र क्षमताको   मूल्यांकन गरिएको थियो । ६ फरक  अभ्यासहरू स्टार्ट(अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हीरो र  सीईओ अफ इअर सञ्चालन गरिएको थियो । समापन समारोहमा 'ब्रिटेनमा एक दिन' भन्ने फनफेस्ट आयोजना गरिएको थियो ।

जहाँ विभिन्न स्टालहरू र क्रियाकलापहरू समावेश गरिएका थिए । परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनी सहित  काठमाडौंको कमलपोखरी स्थित ईस्लिन्टन कलेजमा सम्पन्न भएको हो ।

Thuprai - Books and E-books