After SEE Portal

दरबन्दी विवरण आउने बितिकै निमाविको विज्ञापन हुने, प्राविको नतिजा माघअन्तिम साता

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निम्न माध्यमिक तहको दरबन्दी विवरण आउने बितिकै तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोग विज्ञापन गर्ने तयारीमा रहेको छ ।

आयोगले विज्ञापनका सम्पूर्ण काम सकेर तयारी अवस्थामा रहेको भए पनि केन्द्रबाट रिक्त दरबनदी विवरण सिफारिस नभएको हुँदा विज्ञापनका लागि कुर्नु परेको आयोगले जनाएको छ ।

केन्द्रले यस अघि सार्वजनिक गरेको विवरणमा निमाविको रिक्त दरबन्दी नेपालीमा ११३, अङ्ग्रेजीमा १६४, गणितमा १३८, गणित विज्ञानमा ४०, विज्ञानमा १६९, ऐच्छिक प्रथममा १ दरबन्दी गरी जम्मा ७४४ पद रिक्त रहेको विवरण सार्वजनिक गरेको थियो ।

केन्द्रले प्रत्येक दिन सेवा निवृत्त हुने शिक्षकको संख्या फरक पर्ने हुँदा रिक्त दरबन्दी विवरण संशोधन भएर आइरहेको हुँदा एक दुईदिन रिक्त दरबन्दी विवरण आयोगमा पठाउन ढिला भएको हो ।

केन्द्रले अबको ढिलोमा तीन दिन भित्र दरबन्दी विवरण सहित विज्ञापनका लागि सिफारिस गर्ने जनाएको छ ।

प्राविको रुजु सकियो

आयोगले गत असोज १३ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ अन्तिम साता सार्वजनिक गर्ने गरी काम गरिरहेको छ । प्राविधिक कठिनाइ नभएमा माघ अन्तिम साता नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

आयोगले प्राविको विषयगत परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर, सम्परीक्षण, डाटा इन्ट्री सकेर रुजु गरिसकेको आयोगले जानकारी दियो । 

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि गरेको विज्ञापन गरेको थियो । सो विज्ञापन अनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

सो परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए । आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत ९सामान्य० परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए । त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

A Levels MA
Thuprai - Books and E-books