Bachelors Portal

त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुला

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो ।

सबै सङ्काय–अध्ययन संस्थान, क्याम्पसमा भर्नाका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्ममा आवेदन दिन सक्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

त्रिविले मंसिर पाँच गतेदेखि नयाँ कक्षा सञ्चालन गर्ने गरी भर्नाका लागि आवेदन माग गरेको छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

बोर्डले यो हप्ता कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

Select college / campus