After SEE Portal

संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन खुला

Bridge Course

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट परीक्षा सञ्चालन गर्न आवेदन खुला गरेको छ ।

महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन दिन सक्नेगरी सूचना जारी गरेको हो ।

महानगरले सो परीक्षा आगामी साउन २० गते परीक्षा सञ्चालन गर्ने भएको छ ।

महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालन गर्न आवेदन माग गरेको छ ।

महानगरले सो परीक्षामा १०० ओटा बहुवैकल्पिक प्रश्न सोद्ने तयारी गरेको छ । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने पछि सार्वजनिक गर्ने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books