राष्ट्रिय परीक्षा बोर्डले एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउनु पर्ने भए सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
उमेर नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० मा भएको व्यवस्था अनुसार आवश्यक प्रमाण कागजात र प्रक्रिया पूरा गरी आवेदन दिन माग गरेको छ ।
सरकारले उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ संशोधन गरी यस अघि ६ महिनाभित्र नाम थर सच्याउनु पर्ने नियमलाई परिवर्तन गरी पाँच वर्षभित्र नाम थर सच्याउनु पर्ने प्रावधान गरेको छ ।
संशोधित उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० गत भदौ १८ गत राजपत्रमा प्रकाशित भएको थियो ।